समाचारबिहीबार, कार्तिक २८, २०७०

जाजरकोटमा फेरि हतियार बरामद

हिमालखबर

प्रहरीले विशेष सुराकीका आधारमा जाजरकोटको –८, पिपेमाथिको बनबाट पोलिथिनको बोरामा लुकाइ राखेको छ नाल थ्री नट थ्री राइफल र इन्सास राइफलको ३८५ राउण्ड गोली बरामद गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहको नेतृत्वमा गएको गस्तीले उक्त हतियार बरामद गरेको हो । हतियार कसले लुकाएको भन्नेबारे खुल्न नसकेको पाण्डेले बताए । त्यस क्षेत्रमा अन्य हतियार पनि लुकाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुई महिनाअघि प्रहरीले त्यस क्षेत्रमा ४४ थान थ्री नट थ्री राइफल र टुइन्च मोर्टार एक थान बरामद गरेको थियो । निर्वाचनको मुखैमा सदरमुकामदेखि आठ किलोमिटरको दूरीमा युद्धकालीन हतियार फेला परेकाले स्थानीय थप सशङ्कित भएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>