थप समाचारबिहीबार, कार्तिक २८, २०७०
काभ्रेमा यात्रुबाहक बसमा बम प्रहार
काभ्रेको कोशी पारीको गोठपानी गाविसमा सडकमा गुडिरहेको बसमा पेट्रोल बम प्रहार भएको छ । कोशीपारीबाट काठमाडौं आइरहेको बा २ ख १४८७ नम्बरको यात्रुबाहक बसमा नचिनेको समूहले पेट्रोल बम हाने पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बम प्रहारबाट बसको पछाडिको केही भाग जलेको छ । स्थानीयबासी र यात्रुले आगो तुरुन्तै निभाएका थिए ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन पनि यात्रुबाहक सवारी साधनमाथि बम प्रहार गर्ने क्रम जारी नै छ ।
