समाचारबिहीबार, कार्तिक २८, २०७०

संविधानसभा अदालतको अध्यक्षमा न्यायाधीश श्रेष्ठ

हिमालखबर

मन्त्रिपरिषद्को २८ कात्तिकमा बसेको बैठकले सर्वोच्च अदालतका न्यायधीशहरु गिरीशचन्द्रलाल र सुशीला कार्की सदस्य रहने गरी न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधानसभा अदालत गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै २५ कात्तिकदेखि ५ मंसीरसम्म सवारी साधन तोडफोड भएमा यसअघि दिइँदै आएको रु २५ हजारमा वृद्धि गरी रु ५० हजारसम्म तत्काल क्षतिपूर्ति दिने र बाँकी क्षतिको आधारमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्थासम्बन्धी कार्यविधि पनि मन्त्रिपरिषदले पारित गरेको छ ।

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले कृषि विकास मन्त्रालयका सहसचिव प्रभाकर पाठकलाई अर्को व्यवस्था नभएसम्मका लागि दुग्ध विकास संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बैठकले साझा प्रकाशनमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंहको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

त्यस्तै खुला विश्वविद्यालय ऐनको विधेयक मस्यौदा तयार गर्ने सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद्को बैठकले दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>