थप समाचारबिहीबार, कार्तिक २८, २०७०

ट्रकमा पेट्रोलबम प्रहार, तीन घाईते

हिमालखबर

प्रहरीको स्कर्टिङमा आइरहेका गाडीहरुमध्ये सबैभन्दा पछि रहेको ना ३ ख ५६९७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएपछि लागेको आगोबाट जलेर निजगढ निवासी चालक राजकुमार क्षेत्री गम्भीर घाईते भएका छन् । त्यसैगरी वाराको कोल्हबी– १ का ट्रक धनी ४५ वर्षीय हरि प्रसाई र सहचालक नागेश्वर चौधरी पनि घाइते भएका छन् ।

क्षेत्री र प्रसाईको वीरगंज स्थिति नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने सामान्य घाइते सहचालक चौधरी भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केका छन् ।

ट्रकमा लागेको दमकल र नेपाली सेनाले निभाएका थिए ।

नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन उक्त घटना भएको हो ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>