समाचारबिहीबार, कार्तिक २८, २०७०
पाँचथरमा हवाई फायर, चितवनमा झडप
सदरमुकामसँग जोडिएको रानीटारमा २८ कात्तिकमा भएको चुनावी सभा सकेर फर्कदै गरेका एमाओवादी उम्मेदवारसहितको टोलीलाई डिएम चोक भन्ने ठाउँमा नेकपा–माओवादीका कार्यकर्ताले ढुङ्गामुढा गरी अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास पनि प्रहार गरेको छ ।
सदरमुकामबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन गरिएको पाँचथर प्रहरीले जनाएको छ । कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा प्रदान गरेको थियो ।
एमाओवादी र राप्रपा कार्यकर्ताबीच झडप
एमाओवादी र राप्रपाका कार्यकर्ताबीच २८ कात्तिकमा चितवनको माडीमा झडप भएको छ ।
चुनाव प्रचारका क्रममा गएका राप्रपा र एमाओवादीका कार्यकर्ताबीच माडीको अयोध्यापुरी–८ कृष्णनगरमा झडप भएको हो ।
झडपमा परी दुवै पक्षका ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यसअघि पनि उक्त गाविसमा एमाओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।
रासस
