समाचारशुक्रबार, कार्तिक २९, २०७०

आन्दोलन असफल भएको ३३ दलीय मोर्चाको निष्कर्ष

हिमालखबर

२५ कार्तिकदेखि आव्हान गरेको आन्दोलन प्रभावकारी नभएपछि मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने निर्णय गरेको हो । बुद्धनगरस्थित माओवादी कार्यालयमा २८ कात्तिकमा बसेको मोर्चाको बैठकले काठमाण्डौं उपत्यकाको आन्दोलन प्रभावकारी हुन नसकेको निश्कर्ष निकालेको हो ।

२ मंसिरदेखि आमहड्तालमा उत्रिने निर्णय गरेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का महासचिव तथा मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिमले जानकारी दिए । उनले आफूहरू सडकमै उत्रेर गिरफ्तारी दिन तयार रहेको हिमालखबरलाई बताए ।

बन्दको पहिलो दिन केहि प्रभाव देखिएपनि मोर्चाको हड्ताल निष्प्रभावी बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>