समाचारशुक्रबार, कार्तिक २९, २०७०

धनकुटामा गाडीमा आगजनी गर्ने पक्राउ

हिमालखबर

धनकुटाको वसन्तटारमा ६ नम्बर बुधबारेबाट सब्जी बोकेर धरान गइरहेको गाडीमा आगजनी भएको छ । मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले २८ कात्तिक राति को १ च १९९१ नम्बरको महेन्द्रा पिकअपमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

आगजनीबाट गाडीको अगाडिको भाग जलेर क्षति पुगेको छ । आगजनी गरेको आशंकामा परिषद्का स्थानीय कार्यकर्ता कबिर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगिएको कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>