समाचारशुक्रबार, कार्तिक २९, २०७०
धर्मको नाममा राजनीति नगर– पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले धर्मको नाममा अतिवादीहरुले भ्रम फैलाइरहेको बताएका छन् । म्याग्दीको साँखुभगवतीमा २९ कात्तिकमा भएको कार्यक्रममा उनले अतिवादी र पुनरुत्थानवादीहरुले धर्मको नाममा अनेक भ्रम फैलाइरहेको बताए ।
उनले धर्मको नाममा राजनीति नगर्न पनि आग्रह गरे । उनले भने, “नेपाली कांग्रेस धर्म, संस्कृति र परम्पराको जगेर्नाको पक्षमा छ ।” नागरिक स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं उभिने पनि उनले बताए ।
उनले मतदातालाई प्रभावित पार्न आर्थिक चलखेल हुन थालेकोले चनाखो हुन मतदातासँग आग्रह गरे ।
