समाचारशुक्रबार, कार्तिक २९, २०७०

सर्वोच्चको आदेश माओवादीले नमान्ने

हिमालखबर

पत्रकार सम्मेलनमा नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य । तस्वीर:बिक्रम राई

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको आदेश मोर्चाले नमान्ने बताएको छ ।

२९ कात्तिकमा नेकपा–माओवादीको केन्द्रीय कार्यालय काठमाडौं बुद्धनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष मोहन वैद्यले आफूहरु सर्वोच्च अदालतको आदेश मान्न बाध्य नभएको बताए ।

“सर्वोच्च अदालतको आदेश हामी मान्दैनौं, यो जनताको अदालत होइन ” बैद्यले भने, “यो चार दलको मात्रै अदालत हो ।”
सर्वोच्चको आदेशले बहिस्कार गर्न पाउने जनताको अधिकार कुण्ठित भएको भन्दै बैद्यले त्यो आफूले नमान्ने बताए ।

“अदालत आफ्नो ढंगले जाओस, हामी आफ्नो ढंगले जान्छौं” बैद्यले भने । उनले एउटै ब्यक्ति सरकार प्रमुख र प्रधानन्याधीश भएकोले सर्वोच्च अदालत निष्पक्ष हुन नसक्ने दाबी गरे ।

सर्वोच्च अदालतले २८ कात्तिकमा नेकपा–माओवादी लगायतका दलहरुले गरेको बन्द फिर्ता लिन अन्तरिम आदेश जारी गरेको थियो ।

२५ कात्तिकमा डेमोक्रेटिक लयर्स एसोसिएसनले बन्द राकिपाउँ भन्दै हालेको रिटमा न्यायाधीश रामकुमारप्रसाद साहको इजलासले बन्द फिर्ता लिन आदेश दिएको थियो ।

यसैबीच उक्त आदेशसम्बन्धी सर्वोच्च अदालतको पत्र बुझ्न नेकपा–माओवादीले अस्वीकार गरेको छ । बन्द फिर्ता लिन दिइएको आदेशसहितको पत्र बुझाउन नेकपा–माओवादीको केन्द्रीय कार्यालय पुगेका सर्वोच्चका कर्मचारीहरु पत्र बुझाउन नपाएरै फर्केका छन् ।

सम्मेलनमा बैद्यले आफूहरुलाई पाखा लगाउने काम एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भएको भन्दै आक्रोश पोखेका थिए । उनले दाहाल मानसिक रुपमा पराजित भइसकेको समेत दाबी गरे ।

उनले ४ मंसीरमा निर्वाचन नहुने र भइहाले पनि संविधान नबन्ने दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>