समाचारशनिबार, मंसिर १, २०७०

निर्वाचन प्रचारको अवधि सकिंदै

हिमालखबर

१ मंसीर राति १२ बजेबाट निर्वाचनको मौन अवधि शुरु हुँदै छ । अबदेखि दल तथा उम्मेदवारहरुले चुनावी प्रचार प्रसार, भेला, घरदैलो लगायतका प्रचार प्रसारका कार्य गर्न पाउने छैनन् ।

रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनसम्बन्धी सम्पूर्णतयारी पूरा भएको भन्दै एक करोड २१ लाख ४७ हजार मतदातालाई मतदान गर्न जानका लागि तयार हुन आग्रह गरे ।

उनले भने, “लोकतन्त्रमा विरोध गर्न पाइन्छ अवरोध गर्न पाइँदैन, निर्वाचनमा भाग नलिनेले पनि मतदातालाई अवरोध गर्दिन भनेकाले ढुक्कसाथ मतदान गर्न आग्रह गर्दछु ।”

प्रमुख आयुक्त उप्रेतीले दुई लाखभन्दा बढी सुरक्षाकर्मीसहित चार लाखभन्दा बढी जनशक्ति देशभर खटिएको र १८ हजार ४८५ मतदान केन्द्रमा जनशक्तिसहित मतपेटिका, मतपत्र र परिचयपत्र पुग्ने काम भएको बताउँदै नेपाली जनताकै तागतले ल्याएको परिवर्तनलाई संस्थागत गर्न यो संविधानसभा निर्वाचन ऐतिहासिक रूपमा सफल हुनेमा आफू ढुक्क भएको बताए ।

“सबै तयारी पूरा गरेका छाौं, सुरक्षाको पनि राम्रो प्रबन्ध छ मतदाताहरू आ–आफ्नो क्षेत्रमा जाने घुइँचो लागेको छ, हामी ठूलो यज्ञ पूरा गर्न तयार छौ लोकतन्त्र संस्थागत गर्न”, उप्रेतीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>