समाचारआइतबार, मंसिर २, २०७०
ट्रकमा पेट्रोल बम, चालक गम्भीर घाइते
चितवनको नारायणगढ बजारमा बा १ ख ९५५४ नम्बरको पानी बोक्ने मिनीट्रकमा पेट्रोल २ मंसीरमा बम प्रहार भएपछि आगोले जलेर ट्रकका चालक ३० वर्षिय चालक अस्मिन गुरुङ गम्भीर घाईते भएका छन् ।
गोरखाको तान्द्राङ घर भएका गुरुङको भरतपुर मेडिकल कलेजमा उपचारपछि काठमाण्डौं पठाईएको छ ।
बाह्रघरेबाट नारायणगढ आउँदै गरेको ट्रकमा मोटरसाईकलमा आएका दुई जनाले बिहान ११ बजे पेट्रालले भरिएको सिसी आगो लगाएर फ्याँकेको वडा प्रहरी कार्यालय पुल्चोकका प्रहरी निरीक्षक मदनजीत महाराले जानकारी दिए ।
आगलागीबाट ट्रक पूर्णरुपमा ध्यवस्त भएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन २८ कात्तिकमा पथलैया निजगढ सडकमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार हुँदा घाइते भएका चालक राजकुमार क्षेत्रीको उपचारका क्रममा २ मंसीर बिहान निधन भएको छ ।
सविता श्रेष्ठ, चितवन
