थप समाचारआइतबार, मंसिर २, २०७०
बसमा बम हान्ने माओवादी कार्यकर्ता पक्राउ
नारायणगढ मुग्लिन सडक अन्तगर्त चितवनको कविलास–१ देविटारमा सर्लाहीबाट काठमाण्डौं जाँदै गरेको ना ४ ख ४७३४ नम्बरको बसमा २५ कात्तिक राति पेट्रोल बम प्रहार गरी आगजनी गरेको आरोपमा प्रहरीले नेकपा–माओवादी राज्य समिति सदस्य नविन विसीलाई पक्राउ गरेको छ ।
चितवनको शक्तिखोर– ९ का २८ वर्षीय नविन विसीमाथि २९ कात्तिकमा रामनगरमा बम राखेको पनि आरोप छ । १ मंसीरमा पक्राउ परेका राईलाई प्रहरीले २ मंसीरमा सार्वजनिक गरेको हो । विसीले रामनगरमा राखेको दुई वटा सिलिण्डर बम र उनका घरबाट बरामद ४ थान गोली, ५ डेटोनेटर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
विसीलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तर्गत ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ ऐन २०१८ अन्तर्गत अनुसन्धान अघि बढाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।
सविता श्रेष्ठ, चितवन
