समाचारआइतबार, मंसिर २, २०७०
एमाले उम्मेदवार पाण्डेमाथि आक्रमण प्रयास
धादिङ क्षेत्र नम्बर– ३ का नेकपा एमाले उम्मेदवार राजेन्द्र पाण्डेमाथि एमाओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट पतौरीमा २ मंसिरमा एमाओवादी कार्यकर्ताले उम्मेदवार पाण्डेमाथि आक्रमण प्रयास गरेका हुन् ।
धादिङवेशीबाट मलेखु आइरहेका पाण्डेले चढेको गाडी रोकेर उनीहरुले आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ । ७– ८ जनाको संख्यामा रहेका उनीहरुले आक्रमण गर्न खोजेपछि पाण्डेका अंगरक्षकले हवाईफायर गरेका छन् ।
आक्रमणमा संलग्न एमाओवादी कार्यकर्ता सन्तोष लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । अरु भने फरार छन् । उनीहरुले प्रयोग गरेको चार वटा मोटरसाइकल भने नियन्त्रणमा रहेको धादिङ प्रहरीले जनाएको छ ।
