समाचारआइतबार, मंसिर २, २०७०
दुई मतदान केन्द्रमा बम पडकियो, प्रहरीद्वारा हवाई फायर
ताप्लेजुङको हाङपाङस्थित सरस्वती माध्यमिक विद्यालय र सदरमुकामस्थित फुङलिङ मतदान केन्द्रमा २ मंसीर साँझ साढे ६ बजे एकै समयमा सकेट र सुतली बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने हुन पाएन् । विष्फोट भएलगत्तै प्रहरीले दुई राण्उड हवाई फायर गरेको छ ।
प्रहरीका अनुसार मतदान अधिकृत लगायतका कर्मचारीहरु खाना खाँदै गर्दा सस्वती माध्यमिक विद्यालयको प्राङगणमा बम पड्किएकोे छ । बम पडकिएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।
त्यसैगरी फुङलिङस्थित भानु उच्च माध्यमिक केन्द्रमा समेत सुतली बम पड्किएको प्रहरी प्रमुख गोविन्दप्रसाद आचार्यले बताए ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
