समाचारआइतबार, मंसिर २, २०७०
एमाओवादी उम्मेदवार दाहालको गाडी तोडफोड
२ कात्तिक साँझ भरतपुर ३ बेलटाँडीमा रोकी राखेको चितवनको ३ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार नारायण दाहालले प्रयोग गर्ने दुई वटा गाडीमा चितवनको क्षेत्रपुरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तोडफोडबाट बा ८ च ६४२५ र बा ६ च ८४९६ नम्बरको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । दाहाल आफन्त भेट्न क्षेत्रपुर गएका थिए ।
आफन्तसँग भेट्न घरभित्र रहेको बेलामा गाडीमा तोडफोड भएको हो । परिचय नखुलेको समूहले गाडीमा आक्रमण गरेको प्रहरी जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जय राउतले बताएका छन् ।
सविता श्रेष्ठ, चितवन
