समाचारसोमबार, मंसिर ३, २०७०
पैसा बाँडेर भए पनि जित्ने होः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै निर्वाचनमा साम दाम दण्ड भेद सबै प्रयोग गरेर जित्न अह्राएका छन् ।
सम्बाेधनको मुख्य अंश:
हामी चुनावी लडाइ मै छौं , हामी फेरी पनि युद्ध मै छौं । यो लडाइ हामीले जित्नै पर्ने स्थिति छ । मैले हाम्रो पार्टीको केन्द्रीय समितिमा बडो जोड दिएर भनेको थिएँ र पहिलो विस्तारित बैठक जुरुक्कै उठ्यो, कि हामीलाई हार्ने छुटै छैन ।
अडियो सुन्नका लागि यहाँ क्लिक गर्नुहोस
हामी हर हालतमा जित्नै पर्छ । सारा चिज बर्बाद हुने स्थिति छ फेरी । अहिले पनि हामी लडाईमा छौं कमरेडहरु । जितेनौं भने बर्बाद हुन्छ । यो उम्मेदवार त्यो उम्मेदवार छोड्दिनुस । जो सुकै होस हाम्रो पार्टीले जित्नै पर्छ, जिताउनै पर्छ । सबै कुरा छोडेर हामीले जित्नेमा मात्रै ध्यान दिनु पर्यो ४ गतेसम्म। साम दाम दण्ड भेद जे जे गरेर हुन्छ जित्ने हो । जित्न पर्छ । जे गरेर भए पनि जित्न पर्छ । यो कुरा विचार गर्नुहोला नेतृत्व बर्गका कमरेडहरुले ।
यसो गर्दा कतिपय आदर्शवादीहरुले जे गरेर जित्ने भनेपछि पैसा बाँडेर पनि जित्ने ? भन्छन् । पैसा भएदेखि बाँडेर भए पनि जित्ने हो । मैले पैले पनि भन्ने गर्थें अरुले त राँगो काँटने, रक्सी बाँड्ने अली अली पैसा बाँड्ने मोटरसाइकल बाँडने, के गर्ने गर्छन् । सकिन्छ भने हामीले कब्जा गरेर जनतालाई ल तपाइँको हो यसको होइन भन्दिने ।
१० नम्बर क्षेत्रमा हाम्रो पहिलेको भन्दा घट्यो भने चाहीं राम्रो कुरा हुँदैन । त्यो मेसेज रियक्सनरीहरुले देशभित्रकाले पनि बाहिरकाले पनि … ।
जे होस पार्टीको लोकप्रियता घटेकै छ । नेतृत्वको लोकप्रियता घटेकै छ । हामी पहिला लडेको ठाउँबाट फेरि लडदा भोट घट्यो भने माओवादीको लोकप्रियता, माओवादी नेताहरुको हैसियत घटेको छ भन्ने म्यासेज जान्छ ।
फोटोसहितको मतदाता नामाबली भएपछि गोरखाको २ नम्बर निर्वाचन क्षेत्र जहाँबाट बाबुरामजी लडेको हो पहिले उहाँले पाएको भोट जति अहिले मतदातै छैन (लामो हाँसो ) । देशभरमा सबभन्दा बढी मत बाबुरामजीले पाउनुभो । अहिले मतदातै ४६ हजार छैनन् (फेरि हाँसो) । भनेसी अब हिंजोको भोट घटेको किन बनाउनी, अर्को ठाउँबाट फेरि बढ्यो नै किन नबनाउनी …..
साम दाम दण्ड भेद जसरी भए पनि चुनाव जित्नका लागि अपिल गर्छु ।
अडियो सुन्नका लागि यहाँ क्लिक गर्नुहोस
