थप समाचारसोमबार, मंसिर ३, २०७०
पूर्वाञ्चलमा २६२ जना पक्राउ
निर्वाचन बिरोधी गतिविधिमा संलग्न २६२ जना पूर्वाञ्चलमा पक्राउ परेका छन् । तोडफोड, आगजनी, सडक अवरोध, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण गर्नेहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकर अधिकारीले जानकारी दिए ।
पक्राउ परेकामध्ये ८० जनालाई सार्वजनिक अपराधमा मुद्धा चलाइएको छ ।
पूर्वाञ्चलका डीआइजी नवराज सिलवालले निर्वाचन बिरुद्ध लागेका जो कोहीलाई मतदान स्थलमा भेटिए तत्काल पक्राउ गर्ने बताए । पूर्वाञ्चलका विभिन्न ठाँउमा भेटिएका ९९ प्रतिशत बम नक्कली पाइएको उनको भनाई छ ।
सुरक्षाकर्मी निर्वाचनमा परिचालित भएका बेला सीमावर्ती क्षेत्रमा तस्करी हुन थालेकोले कडाई गरिएको सशस्त्र प्रहरीका डीआईजी देबेन्द्र सुब्बाले जानकारी दिए ।
निर्वाचनका लागि पूर्वाञ्चलमा दुई वटा हेलिकप्टरले आकाशबाट सुरक्षा गस्ति गरिरहेको सुरक्षा निकायले जनाएको छ ।
कमल रिमाल, हिमालखबर
