समाचारसोमबार, मंसिर ३, २०७०
चितवनमा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप
पुर्वी चितवनको पिप्लेमा एमाओवादी र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । पिप्ले– ७ मा ३ मंसिरमा दुई पक्षबीच झडप भएको हो ।
मोटरसाइकलमा सवार एमाले कार्यकर्ता मोहन श्रेष्ठलाई रोकेर एमाओवादी कार्यकर्ताले कुटपिट गरेको विषयमा विवाद हुँदा झडप भएको बुझिएको छ । घटना नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।
प्रहरीले झडपमा संलग्न ४ एमाओवादी कार्यकर्ता नियन्त्रणमा लिएको छ ।
यसैबीच, प्रहरीले चितवनको माडीबाट १९ जनालाई पक्राउ गरेको छ । सुरक्षा संवेदनशिलता हेरेर ३ मंसिरमा माडीका विभिन्न ठाउँबाट १९ जनालाई पक्रेको राउतले जानकारी दिए । पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको उनको भनाई छ ।
सविता श्रेष्ठ, चितवन
