समाचारसोमबार, मंसिर ३, २०७०

मतदान केन्द्रमा मोबाइल, क्यामरा निषेध

हिमालखबर

निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउनका लागि मतदान केन्द्र, उपकेन्द्रहरुमा मोबाइल, क्यामरालगायत अन्य उपकरणहरु लैजान नपाउने निर्णय गरिएको आयोगका प्रवक्ता बीरबहादुर राईले बताएका छन् ।

यसैबीच ३ मंसीर दिउँसो केही उम्मेदवार र दलले मतदातालाई आफूले भोट हालेको मतपत्रको तस्वीर खिचेर ल्याउन भन्दै धम्काएको चर्चा चलेको थियो ।

“निर्वाचनलाई बढी भन्दा बढी स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनका लागि सबै प्रयास आयोगले गरेको छ, मतदातालाई ढुक्क बनाउनका लागि यो गरिएको हो,” राईले हिमालखबरलाई बताए ।

त्यस्तै ४ मंसीरमा मतदान अवधिभर हवाई सेवा र अनुमाति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि सवारी साधन नेपालभर प्रयोग गर्न नपाइने पनि आयोगले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>