समाचारमंगलबार, मंसिर ४, २०७०
मतदान गर्दै सर्वसाधारण र नेता (फोटो फिचर)

रुकुम क्षेत्र नम्बर– २ का एमाओवादी उम्मेदवार जनार्दन शर्मा खलंगाको त्रिभुवन जनता उच्च मावि केन्द्रमा मतदान गर्दै । तस्वीर : लक्ष्मण केसी/रुकुम

काठमाडौं-५ को शंखपार्क स्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै एमाले नेता एवम् उम्मेदवार इश्वर पोखरेल । तस्वीर: आनन्दराम डंगोल

नेपाली कांग्रेस महामन्त्री एवम् झापा– ३ का उम्मेदवार कृष्ण सिटौला मतदान गर्दै । तस्वीर : गोपाल गडतौला/हिमालखबर

ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित भानु मतदान केन्द्रमा लाईन लागेका मतदातहरु तस्वीर: राजेन्द्र श्रेष्ठ

कञ्चनपुरको शान्ति निकेतन उमावि केन्द्रमा भोट हालेपछि सुस्ताउदै ९८ वर्षीय जयदेव भट्ट र उनकी पत्नि ८३ वर्षीया कलावती भट्ट । तस्वीर: बच्चु विक/हिमालखबर
- उत्साह : ललितपुरको पाटन दरबार स्क्वायर मतदान केन्द्रमा पहिलो पटक मतदान गर्दै मंगलबजारकी हिना महर्जन (२२)। तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/ हिमालखबर
संविधानसभाका लागि देशभरका १८ हजार ४३८ मतदान केन्द्रमा मतदान जारी छ ।

काँग्रेस महामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर ७ मा मत खसाल्दै । सिंह काठमाडौं–१ का उम्मेदवार हुन । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर

काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोल मतदान केन्द्रमा लामवद्ध मतदाता । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर

ललितपुरको पाटनबाट काठमाडौं बसन्तपुरस्थित मतदान केन्द्रमा भोट खसाल्न जाँदै स्थापित परिवार । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर







