समाचारमंगलबार, मंसिर ४, २०७०
काठमाडौंमा बम बिष्फोट, २ जना घाइते
काठमाडौंको भोटेबहालमा बम बिष्फोट भएको छ । बिष्फोटमा परी दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गंभीर छ भने अर्का घाइतेको अवस्था सामान्य छ । गंभीर घाइते ८ वर्षीय समिर खड्गीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
उनको दाहिने हातको हत्केला नै गुमेको छ । उनको शरीरबाट बमका छर्रा झिकिसकेको अस्पतालले जनाएको छ ।
खेलौना भनेर हातमा खेलाइरहेको बेला ४ मंसीर बिहान बम हत्केलामै पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले बम पड्काउनेको खोजी गरिरहेको जनाएको छ ।
मीना शर्मा, हिमालखबर
