समाचारमंगलबार, मंसिर ४, २०७०
काभ्रे– १ मा ४ राउण्ड हवाइफायर
काभ्रे क्षेत्र नम्बर– १ कोशीपारीको गाविस पोखरी चौकीको अरनिको मावि केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ । दुई पक्षबीचको विवादले उग्र रुप लिएपछि प्रहरीले चार राउण्ड हवाइफायर गरेको छ ।
मतदानको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको हो । एमालेका कार्यकर्ताले एकपक्षीय रुपमा मतदान गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध गरेका थिए ।
विवाद चर्किएपछि रोकिएको मतदान भने शुरु भएको छ । सर्वदलीय बैठकले मतदान शुरु गर्ने निर्णय गरेको हो ।
यसैबीच, सुरक्षाकर्मीहरु अरनिको मावि केन्द्रमा गएको मौका छोपी नजिकैको जागृति मावि केन्द्रमा एमाओवादी कार्यकर्ताले नेपाली कांग्रेस कार्यकर्ता कुटेका छन् ।
उनीहरुको कुटाईबाट एक जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
रामकृष्ण बञ्जारा, काभ्रे
