समाचारबिहीबार, आषाढ २८, २०६९

७ साउनपछि राष्ट्रपतिले नयाँ सरकारका लागि आव्हान गर्नुहुन्छः महत

हिमालखबर

राजधानीमा रिपोर्टस् क्लबले २८ असारमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले यस्तो धारणा राखेका हुन । निर्वाचन आयोगले चुनाव गर्नका लागि दिएको समय ७ साउनमा सकिने र त्यसपछि राष्ट्रपतिले सहमतिको सरकारका लागि आव्हान गर्ने उनको भनाई थियो ।

नेता महतले प्रधानमन्त्री बाबुराम भट्टराई साउन पहिलो साता भित्र नहटे राष्ट्रपतिले आफै हटाएर सहमतिको सरकारका लागि आव्हान गर्ने दाबी गरे । त्यसपछि बहुमत जुटाउन सक्ने दलको नेतृत्वमा सरकार गठन हुने उनले बताए ।

कार्यक्रमका अर्का वक्ता एमाओवादी पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाए मुलुकमा मुठभेड निम्तिने बताए । शान्ति र संविधानको विषयमा सहमति नबन्दासम्म भट्टराई सरकार विस्थापित हुन नसक्ने गजुरेलको भनाई थियो ।

एमाले नेता प्रदीप ज्ञवालीले असक्षमको विल्ला भिरेर हट्नु भन्दा अहिले नै प्रधानमन्त्री भट्टरईलाई पद त्याग्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>