समाचारमंगलबार, मंसिर ४, २०७०
जुम्लाका दुई केन्द्रमा स्थगित चुनाव ७ गते हुने
४ मंसीर दिउँसो मतदादन भइरहेका बेला जुम्लाको देपाल, त्रिभुवन उमाविमा रहेका दुईवटा मतदान केन्द्रमा नेकपा–माओवादीका कार्यकर्ताले समानुपातिक तर्फका मतपेटिका लुटेपछि स्थगित भएको निर्वाचन मतदान कार्य ७ मंसीरमा पुनः हुने भएको छ ।
मतपेटिका लुटिएपछि मतदान स्थगित भएको सूचना टाँसेर दुवै केन्द्रका निर्वाचन अधिकृत राजकुमार गिरी र इश्वरराज जोशी सदरमुकाम फर्केका थिए । स्थगित केन्द्रमा स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृत र निर्वाचानअधिकारीको समन्वयमा ७ मंसीरमा निर्वाचन गर्ने निर्णय गरिएको हो ।
नेत्र शाही, जुम्ला
