समाचारबुधबार, मंसिर ५, २०७०
नेपाली कांग्रेस ३१ स्थानमा अगाडि
संविधानसभा निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेस अग्रस्थानमा आउने देखिएको छ । झण्डै ८० स्थानको पछिल्लो परिणामले कांग्रेस ३१ स्थानमा अगाडि छ ।
एमालेले कांगेसलाई पछ्याइरहेको छ । उस्ले २९ स्थानमा अग्रता लिएको छ । अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो दल एमाओवादी भने ८ स्थानमा मात्रै अग्रस्थानमा छ ।
फोरम लोकतान्त्रिकले भने ६ स्थानमा लिड गरिरहेको छ ।
