समाचारशुक्रबार, आषाढ २९, २०६९
यो सरकार काम चलाउ नै होः दाहाल
सत्तारुढ सदभावना पार्टीले २९ असारमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो धारणा राखेका हुन । दाहालले कार्यक्रममा भने,”कामचलाउ भईसकेको सरकारको पनि प्रतिपक्षी दलका साथीहरुले किन राजिनामा माग्या हुन बुझ्न सकेको छैन ।”
नयाँ संविधानमा मिल्न नसकेका विषय पहिला मिलाउने कि प्रधानमन्त्रीले पद पहिला छोड्ने भन्ने विषयमा मात्रै दलहरुबीच विवाद रहेको दाहालको भनाई थियो । दाहालले प्रमुख दलहरुबीचको पाँच बुँदै सहमतिलाई प्रस्थान बिन्दु मानेर अगाडि बढ्ने सकिने बताए । दलहरुबीचको पाँच बुँदे सहमतिमा १४ जेठ भित्र संविधान जारी गर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने उल्लेख छ ।
स्वास्थ्य मन्त्री समेत रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पहिचान सहितको संघीयता पक्षधरबीच मोर्चा बनाउनु पर्ने बताए ।
