समाचारशनिबार, आषाढ ३०, २०६९
विद्युतीय हि्वल चेयरमा झमक घिमिरे
देब्रे खुट्टाले विद्युतीय हृवील चेयर चलाउँदै हिँड्ने अभ्यास गरिरहेकी उनलाई यो नयाँ हृवील चेयर डा. साकुरा राजभण्डारीले उपलब्ध गराएकी हुन् ।
घिमिरे अहिले काठमाडौं मोडल अस्पतालका डा. सरोज धितालको सल्लाहमा एक महिनाको लागि स्पाइनल केन्द्रमा बसेर ढाड दुख्ने समस्याको उपचार गराइरहेकी छन् । खुट्टाको औंलाले लेख्दै आएकी घिमिरेलाई त्यसरी लेख्न बस्दा धेरै निहुरिरहनु पर्ने भएकाले ढाड दुख्ने समस्याले सताउन थालेको हो ।
यसैबीच ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रले साहित्यकार घिमिरेलाई टच प्याड, फ्ल्याट स्क्रीन र युनिकोडको सहायताले नेपाली देवनागरीमा लेख्न सहयोग गर्ने प्रयास गरिरहेको छ ।
घिमिरे विद्युतीय हृवील चेयर गरेर हिंडेको हिमालखबर भिडियोमा हेर्न सकिन्छ ।

