थप समाचारबिहीबार, मंसिर ६, २०७०
काठमाडौं–१० मा कांग्रेसको विजय जुलुश
काठमाडौंको क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराउँदै छन् । दाहाल अहिलेसम्म तेस्रो स्थानमा समेटिएका छन् ।
पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका राजन केसीको १४४५५, एमालेका सुरेन्द्र मानन्धर ९३८६ र एमाओवादीका पुष्पकमल दाहाल ९१५० ।
दोस्रो स्थानमा एमालेका सुरेन्द्र मानन्धर छन्। अघिल्लोपटक काठमाडौं १० बाट जितेका थिए ।
निर्वाचन कार्यालय स्रोतका अनुसार चार गाविसको मत गणना गर्न बाँकी छ। तर करिब ८ हजार मत भएको उक्त गणनाबाट पनि दाहालको हार जोगिने छैन ।
पूर्व प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष दाहालले अघिल्लो निर्वाचनमा २३ हजार भोट ल्याएर विजयी भएका थिए।
एमाओवादी अध्यक्ष दाहालले आफूले सबैभन्दा सुरक्षित ठानेर काठमाडौं १० लाई रोजेका थिए ।
नेपाली कांग्रेसका राजन केसीको विजय निश्चित भएपछि किर्तिपुरमा बिहानैदेखि जुलुश निस्केको छ ।
