समाचारशनिबार, आषाढ ३०, २०६९
हतियार र धम्कीको काम छैनः सभापति कोइराला
कांग्रेस म्यादी-काठमाडौँ सम्पर्क समितिको ३० असारमा राजधानीमा आयोजित अधिवेशनको उद्घाटन गर्दै सभापति कोइरालाले मुलुकमा समस्या जस्ताको त्यस्तै नरहोस् भनेर वार्ता सहमति र छलफलको प्रकि्रया पनि काँग्रेसले नै सुरु गरेको बताए ।
‘हतियार, डर, धाक र धम्कीको काम छैन, माओवादी पनि अब वार्ता र सहमतिको बाटोमा आउनैपर्छ ।’सभापति कोइरालाले भने । कांग्रेस जातीयता र सङ्घीयता विरोधी नभएको बताउँदै थोरै सङ्ख्या र सबै जातजातिको सम्मान हुने गरी प्रदेश विभाजन गर्नुपर्नेमा कोइरालाको जोड थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले जातजातिलाई लडाएर आउने अराजकताको वातावरणमा सत्ता कब्जा गर्ने एमाओवादीको रणनीति रहेको दाबी गरे ।
केन्द्रीय सदस्य गगन थापाले यो सरकारले देशको अहिलेको समस्याको हल निकाल्न काँग्रेसले स्पष्ट मार्गचित्र र प्रधानमन्त्रीको उम्मेदवारसमेत तय गर्नुपर्ने बताए ।
कांग्रेस कास्कीका सभापति रेशम बानियाँले पार्टीको केन्द्रीय समितिदेखि भ्रातृसंस्थाहरुमा म्याग्दीको सहभागिता नरहेको भन्दै पार्टीका विभिन्न निकायमा म्याग्दी कांग्रेसको सहभागिताको माग गरे । रासस
