समाचारआइतबार, आषाढ ३१, २०६९

तीर्थालु सवार बस दुर्घटना, ३६ को मृत्यु

हिमालखबर

रानीनगरबासी आरपी उपाध्यायले दिएको जानकारी अनुसार ३१ असारमा भएको दुर्घटनामा १० महिला र एक वालक सहित ३६ जनाको ज्यान गएको हो  । बस सडकबाट नहरमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले दिएको जानकारी अनुसार लु १ ख २३५६ नम्वरको उक्त बस गुठी परसौनी गाविसको झुलनपुरदेखि त्रिवेणी जाँदै थियो । चालक बिष्णु गुरुङ्ग त्रिबेणी प्रहरीको  नियन्त्रणमा रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने अधिकांश  भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका रहेकाले  उनीहरुको पहिचानमा समस्या भएको छ ।

बसमा करिव ७० जना रहेको अनुमान गरिएको छ । नहरमा पानी अत्यधिक रहेका कारण हराइरहेका अन्य यात्रुहरुको खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । बसमा क्षमताभन्दा बढी यात्रुहरु रहेको र तीव्र गतिका कारण वस दुर्घटना भएको जनाइएको छ ।  भारतको उत्तर प्रदेश सिचाईका लागि लगिएको मुख्य पश्चिमीनहरमा बस खसेकाले केही बनाएर गण्डक सुरजपुरा पावर लगेको आशंकामा खोजी कार्य जारी छ ।

मुकेश पोखरेल र विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>