समाचारसोमबार, साउन १, २०६९
एमाओवादी बैठक स्थगित
बैठकमा सहभागी हुन आएका कार्यकर्ताको दुर्घटनामा परेर मृत्यु भएपछि बैठक एक दिनलाई स्थगित गरिएको एमाओवादी प्रवत्ता दीनानाथ शर्माले जानकारी दिए । १ साउनमा नवलपरासी र कृष्णभीरमा भएको छुट्टाछुट्टै दुर्घटनामा आफ्नो कार्यकर्ताको मृत्यु भएको शर्माले जानकारी दिए ।
पार्टी विभाजन भएयता बस्न लागेको पहिलो विस्तारित बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । दाहालको प्रतिवेदनमाथि पोलिटब्यूरो बैठक र केन्द्रीय समितिमा छलफल भईसकेको छ ।
