थप समाचारशुक्रबार, मंसिर ७, २०७०
मनाङमा समानुपातिकतर्फ कांग्रेसलाई बढी मत
मनाङमा सबैभन्दा बढी समानुपातिक मत कांग्रेसले पाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङबाट कांग्रेसलाई १५५५ मत आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १०३३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ५३५, एमाओवादी ५३२ र नेकपा एमालेले १८८ मत पाएका छन् । मनाङमा चुनाव लडेका ५५ दलमध्ये अन्य ५० दलले १ देखि ४५ मतसम्म पाएका छन् ।
कुल मतदाता ४७९५ रहेको मनाङमा ४१९२ मत खसेको थियो । खसेकोमध्ये ४ हजार १४४ मत सदर भएको छ ।
