समाचारसोमबार, साउन १, २०६९
कामचलाउ सरकारले बजेट ल्याउनु असंवैधानिकः गुरुङ
मिडिया भिजन नेपालद्वारा १ साउनमा आयोजित ‘आर्थिक बजेट २०६९/७० को समीक्षा’ विषयक अन्तक्रिर्या कार्यक्रममा सचिव गुरुङले पूर्ण बजेटका लागि वर्तमान सरकार बाधक भएको बताए ।
कार्यक्रममा नेकपा एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्रीले राजीनामा दिएको भए सर्वदलीय, सर्वपक्षीय सहमतीय राष्ट्रिय सरकार निमार्णसगै पूर्ण बजेटबाट मुलुकले निकास पाउने दाबी गरे ।
एनेकपा माओवादीसम्वद्ध अर्थविद् डा. डिल्लीराज खनालले सरकार टिकाइराख्ने नियतले एक तृतीयांश भए पनि बजेट ल्याइएको भन्ने तर्क गलत भएको भन्दै पूर्ण बजेट ल्याउने हैसियत हुँदाहुदै सहमतिका लागि सरकारले एक तृतीयांश बजेटको घोषणा गरेको बताए । रासस
