थप समाचारशनिबार, मंसिर ८, २०७०

चित्त नबुझे अदालत जाऊः आयोग

हिमालखबर

८ मंसीरमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा निर्वाचनमा धाँधली नभएको भन्दै निर्वाचनबारे प्रश्न खडा नगर्न आग्रह गरेका छन् । निर्वाचन प्रक्रियामा कसैको चित्त नबुझेको भए संविधानसभा अदालतमा उजुरी गर्न पनि उनले सुझाव दिएका छन् ।

“कुनै ठाउँमा पनि धाँधली भएको छैन, निर्वाचन प्रक्रियामाथि औंलो नठड्याउनुहोस,” प्रमुख आयुक्त उप्रेतीले भने, “तपाइहरुले अरुलाई औंलो उठाउँदा बुद्धले भनेजस्तो चारवटा औंला तपाइँतिरै फर्किन्छन् ।”

उप्रेतीले निर्वाचनमा एउटा पनि गडगडी नभएको दावी गर्दै देखेको भए प्रमाण लिएर आउन चुनौती दिए ।

निर्वाचन प्रक्रियाप्रति नै औंलो ठड्याउँदै एमाओवादीले धाँधली भएको आरोप लगाइरहेका बेला उप्रेतीले पत्रकार सम्मेलन आयोजना गरेर एमाओवादीको आरोपको खण्डन गरेका हुन् ।

मतदान र मतगणना कार्य दलका प्रतिनिधिहरुकै रोहवरमा, भएकोले धाँधलीको आरोप लगाउन नमिल्ने उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>