समाचारमंगलबार, साउन २, २०६९
एमाओवादी विस्तारित बैठक शुरु
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २ साउनमा काठमाडौंको भृकुटीमण्डपमा बैठक उद्घाटन गरेका छन् । पार्टी सचिव पोष्टबहादुर बोगटीले सञ्चालन गरेको उद्घाटनसत्रमा प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य कृष्णबहादुर महरालगायतले सम्बोधन गरिसकेका छन् ।
एमाओवादी फुटेपछि बस्न लागेको पहिलो विस्तारित बैठक पार्टीको आगामी कार्यदिशा र संविधानसभा विघटनपछिको राजनीतिक विषयमा केन्द्रीत रहने नेता महराले बताए । स्थापना भएदेखि नै महाधिवेशन नगरेको एमाओवादीको राष्ट्रिय सम्मेलन पनि नभएको अवस्थामा विस्तारित बैठक सबैभन्दा माथिल्लो निकाय हो ।
पोलिटब्यूरो र केन्द्रीय समितिबाट पारीत पार्टी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत गरिनेछ । देशभरीबाट आएका करिब पाँच हजार कार्यकर्ता सहभागी बैठक पाँच दिनसम्म चल्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
