थप समाचारआइतबार, मंसिर ९, २०७०

दाहालका प्रतिद्वन्द्वी भन्छन, ‘अदालत जान्छु’

हिमालखबर

लिलानाथ श्रेष्ठ

एमाओवादीले तीन ठाउँमा बुथकब्जा गरेर एकपक्षीय रुपमा मतदान गरेको भन्दै ती ठाउँमा पुनः मतदान गरिनुपर्ने माग गरेका एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ आफ्नो मागको सुनुवाई नभएपछि अदालत गुहार्ने तयारीमा छन् ।

सिरहा ५ अन्तर्गतका तीनवटा मतदान केन्द्रमा एमाओवादीले कब्जा गरी एकपक्षीय भोट खसालेको भन्दै उनले ४ मंसीरमा निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

“बुथ कब्जा गरेर शतप्रतिशत मतदान गराइएको बारे स्वदेशी तथा विदेशी पर्यवेक्षकहरु पनि जानकार छन्” श्रेष्ठले ९ मंसीरमा हिमालखबरसँग भने, “त्यसबारे सोही दिन पुनः मतदान गरिनुपर्छ भनेर आयोगमा उजुरी गर्यौं, तर आयोगले उजुरीमाथि सुनुवाई नगरी मतगणना अघि बढायो ।”

श्रेष्ठले अब पार्टीको बैठक गरी अदालत जाने तयारी भइरहेको बताए । उनले भने, “अब पार्टीको बैठक बसेर निर्णय गर्छौं ।”

निर्वाचन आयोगका अनुसार काठमाडौं– १० बाट ७ हजार ४३३ मतले पराजित दाहालले सिरहा–५ बाट १ हजार २१ मतले जितेका हुन् ।

सिरहा– ५ का भवानीपुर कालाबञ्जर, बडहरा र गौटारीमा एमाओवादी कार्यकर्ताहरुले अन्य दलका समर्थकहरुलाई निर्वाचन केन्द्रमा प्रवेश गर्नबाट रोकी एकपक्षीय रुपमा मत खसालेको  अन्य दलका नेता–कार्यकर्ताहरुले दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>