थप समाचारमंगलबार, मंसिर ११, २०७०

हात्तिको आक्रमणबाट एकको मृत्यु

हिमालखबर

हात्तिको आक्रमणमा परी पर्सा जीतपुर परसवा गाविस ९ का भिखारी पासवानको मृत्यु भएको छ । घर बाहिर निस्किएका बेला १० मंसीर राती हात्तिले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

आक्रमणबाट गंभिर घाइते उनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारले बताएका छन् ।

जंगली हात्तिले जीतपुर परसवा, शंकरसरैया, सखवनिया गाविसमा उपद्रो मच्चाइरहेको छ । हात्ति धपाउन हवाइफायर समेत गरेको प्रहरी चौकी सखवनियाले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>