समाचारमंगलबार, मंसिर ११, २०७०
महिला सभासद एक तिहाई पुर्याउन माग
सञ्चारिक समूहले ११ मंसीरमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै काँग्रेस नेतृ सुजाता कोईरालाले महिला अधिकार सुनिश्चितताका लागि संविधानसभामा कम्तिमा २०१ महिला सभासद अनिवार्य भएको धारणा राखिन् ।
एमाले केन्द्रीय सदस्य विन्दा पाण्डेले प्रत्यक्षबाट १० जनामा मात्रै निर्वाचित भएकाले समानुपातिकमा धेरै महिलालाई स्थान दिनुपर्नेमा जोड दिइन ।
काठमाडौं–१० मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आएका राजेन्द्र केसीले महिला सभासदको संख्या कम्तिमा ३३ प्रतिशत पुर्याउन आफू लागि पर्ने बताए ।
कार्यक्रममा ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन, मदनबहादुर अमात्य, विद्या न्यौपाने, शर्मिला कार्की, प्रतिमा गौतम लगायतले समानुपातिकबाट बढी महिलालाई सभासद बनाउनु पर्ने धारणा राखेका थिए ।
मीना शर्मा, ललितपुर

