थप समाचारमंगलबार, मंसिर ११, २०७०

बम आक्रमणका अर्का घाइतेको मृत्यु

हिमालखबर

नेकपा-माओवादीका कार्यकर्ताहरुले बम प्रहार गरेपछि आगो लागेर दुर्घटनामा परेको बस ।

गत २८ कात्तिकमा कलैयाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको ना ४ ख ९८३६ नम्बरको बसमा मकवानपुरको बसामाडी–३, तीनताप्केमा बन्दकर्ताहरुले पेट्रोल बम प्रहार गरेपछि आगो लाग्दा १३ जना घाइते भएका थिए भने आगो लागेको बस अनियन्त्रित भइ सडक छेउँमा पल्टेको थियो ।

उक्त आक्रमणमा गम्भीर घाइते सहचालक बारा कलैयाका रमेश यादवको काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ११ मंसीरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सहचालक यादवको मृत्युको विरोधमा बारा बस व्यवसायी संघले कलैया–वीरगन्ज सडकखण्डमा यातायात सेवा अवरुद्ध बनाएको छ ।

यसअघि २८ कात्तिकमै निजगढ पथलैया सडकखण्डमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहारमा घाइते भएका ट्रक चालक राजकुमार देउजा क्षेत्रीको २ मंसीर बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

आतंककारी कृत्य गर्नेलाई कठघरामा ल्याऊ

‘खाना खान आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी गयो’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>