समाचारमंगलबार, साउन २, २०६९

काठमाडौँ महानगरपालिकामा दुई अर्बको बजेट

रासस

महानगरपालिकाले २ साउनमा आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले महानगरपालिकाबाट गरिने विभिन्न गतिविधि तथा प्रशासनिक खर्चका लागि सो रकम पारित गरिएको बताए ।

उनले महानगरपालिकाले आर्थिक वर्ष २०६८÷०६९ रु एक अर्ब १३ करोड आम्दानी गरी रु एक अर्ब नौ करोड खर्च गरेको तथा आन्तरिक स्रोतबाट ६७ करोड २४ लाख सङ्कलन गरेको र बाँकी रकम सरकार र जनसहभागिताबाट प्राप्त भएको बताए ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा प्रकोप उद्धार विशेष कोष स्थापना गर्ने र सो कोषमा स्थानीय नगरबासीबाट प्रतिघर प्रतिवर्ष सेवा शुल्कका रूपमा रु १०० लिई प्रकोपसम्बन्धी कार्यमा मात्र खर्च गर्नेछ ।

त्यसैगरी महानगरपालिकाले आर्थिक व्यवस्थापनतर्फ वातावरण तथा फोहर मैला व्यवस्थापन कोष खडा गर्ने छ भने मोटरसाइकलको लिँदै आएको कर दोब्वरले वृद्धि गरी २०० पुरयाएको छ ।

सहरी विकास तथा सम्पदा संरक्षण कोष स्थापना गर्न महानगरपालिकाले रु २० लाख र हनुमानढोका दरबार संरक्षण कार्यक्रमबाट रु ३० लाख छुट्टाउने र कोषमा नेपाल सरकार, निजी क्षेत्र लगायतका सङ्घ संस्था एवम् व्यक्तिहरूबाट प्राप्त रकम जम्मा गरी प्रथम चरणमा टेकु दोभानदेखि थापाथली क्षेत्रभित्रका सम्पदा संरक्षण कार्यमा खर्च गर्ने व्यवस्था महानगरपालिकाले मिलाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>