थप समाचारबुधबार, मंसिर १२, २०७०
अध्यक्ष रेग्मीद्वारा क्रिकेट खेलाडीलाई बधाई
नेपाली क्रिकेट टोली सन् २०१४ मा बङ्गलादेशमा हुने विश्वकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनौट भएकोमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले खुसी व्यक्त गर्दै यो सफलतासँगै नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा विश्वसामु थप अभिवृद्धि भएको बताएका छन् ।
संयुक्त अरब इमिरेट्समा १२ मंसीरमा भएको खेलमा नेपालले हङ्कङ्लाई पाँच विकेटले हराउँदै पहिलोपटक टि–ट्वान्टी विश्वकप खेलमा गरेको हो ।
कांग्रेसद्वारा बधाई
नेपाली कांग्रेसले पनि टी–ट्वान्टी विश्व कप फाइनल चरणमा प्रवेश गरेको नेपाली टोलीलाई बधाई दिंदै आभारसमेत ब्यक्त गरेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा १२ मंसीरमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले नेपाली टोली विश्वकपमा पुगेको ऐतिहासिक एवम् गौरवान्वित क्षण भन्दै क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापन समूह सबैमा हार्दिक बधाई तथा आभार व्यक्त गरेको छ ।
बैठकलले इतिहास रचिएको यो क्षणले सबै नेपालीलाई सधैँ प्रेरित गर्ने विश्वास पार्टीले लिएको जनाएको छ ।
