समाचारबुधबार, साउन ३, २०६९
‘सङ्कट समाधानका लागि गोलमेच सम्मेलन उपयुक्त’
पार्टी विभाजनपछि पहिलोपटक कार्यकर्ता प्रशिक्षणका लागि बागलुङ पुगेका चन्दले पत्रकारहरुसँगको कुराकानीमा बृहत् सहमति कायम गर्दै गोलमेच सम्मेलनमार्फत राजनीतिक समस्याको हल गर्नुपर्ने बताए ।
त्यसैगरी उनले आफ्नो पार्टीको राजनीतिक विचार र नेतृत्वलाई स्वीकार गरे एकीकृत नेकपा (माओवादी)सँग एकता हुनसक्ने बताए । ‘एकीकृत नेकपा (माओवादी)ले आफ्ना कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर आएमा आफूहरू एउटै पार्टीमा रहेर पनि काम गर्ने वातावरण बन्छ’ चन्दले भने । ‘पार्टी नीति त्यागेकाले नै दाहाल र बाबुरामको नेतृत्व हामीहरूले अस्वीकार्य ठान्यौ र पार्टीको पुनर्गठन गरयौं’ चन्दले भने, ‘उहाँहरूमा आएको राजनीतिक विचलन नै विभाजनको प्रमुख कारण हो ।’
आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिकै पक्षमा रहेको उल्लेख गर्दै नेता चन्दले जनताका हकअधिकार सुनिश्चित नभए जनविद्रोहमा जाने बताए ।
