समाचारबिहीबार, मंसिर १३, २०७०

भीओआईपी संचालन गर्ने बाबुछोरा पक्राउ

हिमालखबर

सीआईबीले अवैध कल बाईपास (भीओआईपी) संचालन गर्ने बाबुछोरालाई पक्राउ गरेको छ । सीआईबीले १२ मंसीरमा ललितपुर सैंबुका ५९ वर्षीय आनन्दराज जोशी र उनका ३० वर्षीय छोरा सौगातराज जोशीलाई ललितपुरबाट पक्राउ गरेको हो ।

ललितपुर सैंबु– १ स्थित रिलायवल कोलोनीभित्र रहेको एउटा घर र लगनखेलमा कोठा भाडामा लिइ भीओआईपी संचालन गरिरहेको भेटिएकोले उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले भीआईपी संचालनमा प्रयोग हुने विभिन्न उपकरण पनि बरामद गरेको छ ।

उनीहरुको कोठाबाट ३२ पोर्टको दुईटा गेटवे, ८ पोर्टको जीओआईपी डिभाइस पाँच थान, एनटीसी सिमकार्ड २५ थान, सात वटा एनसेल सिम, स्मार्ट सिम आठ वटा, राउटर तीन थान, ब्याट्री लगायतका उपकरण बरामद गरेको सीआईबीले जनाएको छ ।

उनीहरु विरुद्ध कानुनी कारवाही अघि बढाएको सीआईबीको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>