थप समाचारशुक्रबार, मंसिर १४, २०७०

बस दुर्घटनामा दुईको मृत्यु ४४ घाइते

हिमालखबर

फाइल तस्बीर: तनहुँ बस दुर्घटना

नेपालगन्जबाट मनकामनाका लागि हिँडेको ना४ख ६३६८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा नेपालगन्ज नगरपालिका– १३ का १४ वर्षीय सागर पुनको नवलपुर अस्पताल कावासोती र तीन वर्षीय माम्चु अधिकारीको मध्यबिन्दु अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अन्य घाइतेहरूको कावासोती र डन्डामा रहेका स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा ट्रक नदीमा खस्यो

बेनी–जोमसोम सडकखण्डअन्तर्गत जलेश्वरस्थित कालीगण्डकी नदीमा १३ कात्तिक राति मालबाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

नेपाली सेनाको खाद्यान्न सामग्री लिएर मुस्ताङतर्फ जाँदै गरेको ध१ख १९२ नम्बरको उक्त ट्रक बेनी नजिकै जलेश्वरमा राति करिब १०ः३० बजे दुर्घटना हुँदा ट्रकका सहचालक म्याग्दी घतान–७ का ४८ वर्षीय शेरबहादुर चोखालको मृत्यु भएको प्रहरी सहायक निरीक्षक कृष्ण बेलवासेले जानकारी दिए ।

नदीमा ट्रक खसेपछि उनलाई नदीले बगाएको थियो । उनको शव गएराति नै घटनास्थलदेखि केही तल फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै दृर्घटनामा परि घाइते भएका ट्रक चालक लम्जुङको जीता गाविस–५ का ४५ वर्षीय चीनबहादुर मौरपी घाइते भएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>