समाचारबुधबार, साउन ३, २०६९

जातीय कुरा उठाउँदा अधिकार प्राप्तिको लडाइँ कमजोर हुने कांग्रेस उपसभापतिको भनाई

हिमालखबर

नेपाल महिला सङ्घद्वारा राजधानीमा ३ साउनमा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले समानता, स्वतन्त्रता, भातृत्व जस्ता मूल राजनीतिक सिद्धान्तलाई गौण बनाई सबैले आ-आफ्नो जातीय कुरामात्र उठाए अधिकार प्राप्तिको लडाइँ कमजोर हुने बताए । उपभासपति पौडेलले भने, “पहिचान, प्रतिनिधित्व, पहुँच र प्रगतिले नै सामाजिक रूपान्तरण गर्छ । सामाजिक रूपान्तरण सुनिश्चितताका लागि प्रजातान्त्रिक समाजवादले ठाउँ पाउनुपर्छ ।”

पौडेलले सङ्घीयताको लागि बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक बहुभाषिक र बहुविचारको मान्यतालाई स्वीकारिनुपर्ने बताउँदै एनेकपा माओवादी बहुलवादको दर्शनसँग आफूहरु मिल्न नसक्ने भन्दै पन्छिने गरेको आरोप लगाए । “एनेकपा माओवादी समाजको रूपान्तरण हैन कि सत्तामा टिकिरहने मात्र चाहन्छ । उसले समाज बदल्ने नारालाई सत्तामा चढ्ने भर्‍याङ मात्र बनाइआएको छ”, उपभासपति पौडेलले भने ।

कार्यक्रममा पौडेलले महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र पिछडिएका वर्गको हितका लागि लोकतान्त्रिक वातावरण अपरिहार्य रहेको बताउँदै संसदीय राजनीतिले नै समावेशीतालाई प्रोत्साहन दिने हुँदा समाजका पिछडिएका वर्गको हित पनि त्यसैमा निर्भर हुने बताए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>