समाचारशनिबार, मंसिर १५, २०७०

जनादेशअनुसार राष्ट्रपतिको टुंगो लगाऔं: नेता नेपाल

हिमालखबर

एमालेका नेता माधवकुमार नेपालले नयाँ जनादेशअनुसार राष्ट्रपतिको विषयमा सहमति हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रौतहट शाखाले १५ मंसीरमा गौरमा गरेको पत्रकार सम्मेलनमा उनले जनादेशअनुसार राष्ट्रपतिका विषयमा दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसले सबैलाई मिलाएर सरकार गठन गर्नुपर्ने बताए । उनले भने, “जनताले ठूलो पार्टी बनाएर राज्य सञ्चालनको जिम्मा काँग्रेसलाई दिएका छन् । काँग्रेसले सबैलाई मिलाएर सहमतीय सरकार गठनको प्रयास थाल्नुपर्छ ।”

एक वर्षभित्र संविधान निर्माण गर्न एमाले प्रतिबद्ध रहेको भन्दै उनले भने, “मधेसका माग र बहुपहिचान, सङ्घीयतासहितको संविधान निर्माण गर्न एमाले तयार छ ।”

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>