थप समाचारशनिबार, मंसिर १५, २०७०
४७ क्विण्टल सुपारी र सुकमेल वरामद
ट्रयाक्टरमा लोड गरी भारततर्फ लग्दै गरिएको ४७ क्वीण्टल सुपारी प्रहरीले पर्सा वीरगञ्जबाट बरामद गरेको छ ।
वीरगञ्जबाट सीमामा पर्ने भिस्वा बजारतर्फ लैजाँदै गरिएको सुपारी र सुकमेलसहितको ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको हो ।
ट्रयाक्टर चालक ५५ वर्षीय प्रल्हाद हजरालाई पनि पक्राउ गरेर नियन्त्रणमा लिएको र उक्त ट्रयाक्टर सहित बरामद सामान राजश्व अनुसन्धान विभाग पथलैयाको जिम्मा लगाइएको जिप्रका पर्साले जानकारी दिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
