समाचारबुधबार, साउन ३, २०६९

आर्थिक अनियमितता छानविनको मागपछि एमाओवादी बैठक स्थगित

हिमालखबर

३ साउनको समूहगत छलफलका क्रममा स्वेच्छिक अवकाशमा निस्किएका पूर्व जनमुक्ति सेनाका प्रतिनिधि र वाइसिएलका प्रतिनिधिहरूले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने, आर्थिक अनियमितताका दोषीलाई तत्काल निलम्बन गरी छानविन गरिनुपर्ने, घाइते तथा अपाङ्गको लागि आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्ने, पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेस गर्नुपर्ने लगायतका मागहरू राखेको बैठकका प्रचारप्रसार उपसमिति संयोजक विश्वभक्त दुलालले जानकारी दिए ।

आफ्ना माग पूरा नभएसम्म बैठकका गतिविधि अगाडि बढ्न नदिने पूर्व लडाकु र वाइसिएलको चेतावनीपछि प्रस्तुत मागका सम्बन्धमा केन्द्रीय समितिमा छलफल गरी भोलि बिहान ११ बजे बैठकहलमै माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकका बाँकी कामकारबाही स्थगित भएको घोषणा गरेका थिए ।

माग प्रस्तुत गर्ने क्रममा बैठक केहीबेर अवरुद्ध हुन पुगेपछि अध्यक्ष दाहालले पूर्व जनमुक्ति सेना र वाइसिएलका प्रतिनिधिहरूका माग जायज भएको र आफूले बैठकमा प्रस्तुत गरेको पार्टी सुदृढीकरण र शुद्धीकरणको योजनाको उद्देश्यसँग मेल खाएको भन्दै यी मागले पार्टी निर्माण र समस्या समाधानमा सजिलो बनाउने बताए ।

२ साउनदेखि जारी अध्यक्ष दाहालको दस्तावेजमाथिको समूहगत छलफल सम्पन्न भएको र ४ साउन बिहान ११ बजेपछि टोली नेताद्वारा समूहगत छलफलको निष्कर्षबैठकमा प्रस्तुत गरिने प्रचार संयोजक दुलालले बताए ।

त्यस्तै एमाओवादीको विभिन्न राज्यसमितिहरूमा कर्णालीबाट गजेन्द्र महत, मगरातबाट अविनाश, गैरभौगोलिक राज्यबाट शालिकराम जमरकट्टेल, विदेश प्रतिनिधिको तर्फाट चित्रबहादुर श्रेष्ठ, अवधबाट रामलोटन तिवारी, तमुवानबाट अमर तमु, सेती-महाकालीबाट तिलक शर्मा, नेवाःबाट भास्कर प्रधानाङ्ग, प्रवास प्रतिनिधिबार्टर् इश्वरी भट्टराईलाई टोली संयोजक चयन गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>