थप समाचारआइतबार, मंसिर १६, २०७०
डडेल्धुरामा बस दुर्घटना, ११ को मृत्यु
बाजुराबाट धनगढीतर्फ आउँदै गरेको बस १६ कात्तिक बिहान पौने ५ बजे डडेल्धुराको मेलखर्कमा दुर्घटना हुँदा ११ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ ।
डडेल्धुराका प्रहरी निरीक्षक केशब बोहराका अनुसार बाजुराबाट धनगढी आँउदै गरेको ना ५ ख ७८९ नंम्वरको वस बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
घटना भएको थाहा पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीवासी उद्दारमा खटिएको पनि निरीक्षक बोहराले जानकारी दिए ।
घाईतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको छ भने अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब २ सय फीट तल खसेको छ ।
कपिल भट्ट, कैलाली
