थप समाचारआइतबार, मंसिर १६, २०७०

पर्सामा लागुपदार्थसहित ३ जना पक्राउ

हिमालखबर

पर्साको जिल्ला प्रहरी कार्यालयअन्तर्गतको श्रीपुर वडा प्रहरी कार्यालयले अवैध लागुपदार्थ बरामद गरेको छ । कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा १६ मंसीर दिउँसो लागुपदार्थ बरामद गरेको हो ।

वीरगञ्ज–१६ स्थित पावरहाउस चोकबाट लागुऔषध ६७५ पिस ईन्जेक्सन. २२५ पीस नर्फिन, २२५ पिस डाईजेपाम, २२५ पिस फेनारगन र नाईट्रोभेट टयाबलेट ११५ पिस वरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै, वीरगञ्ज बसपार्कबाट १६ मंसीर दिउँसो खुट्टाको तिघ्रामा टेपले बेरेर लकाएर ल्याएको २२५ पिस ईन्जेक्सन. ७५ पीस नर्फिन, ७५पिस डाईजेपाम र ७५ पिस फेनारगन पनि प्रहरीले बरामद गरेको छ ।

लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नुवाकोट पाटीभन्ज्याङ्ग–९ घर भई काठमाडौं सिनामंगल बस्ने सनिश लामा र अछाम जनालीकोट–६ घर भई  काठमाडौं ७ चावहिल बस्ने तपेन्द्र बहादुर कर्मीलाई वीरगञ्जको पावरहाउस चोकबाट र  काभ्रेपलान्चोक उग्रतारा–८ का ‘सविन’ भनिने नितिन हुमागाईलाई बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरु विरुद्ध लागुऔषध ओसारपसार मुद्दामा कारवाही अघि बढाएको प्रहरीको भनाई छ ।

बिम्मी शर्मा, पर्सा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>